नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

असाेज ९ आइतबार, काठमाण्डाै । नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव आज सम्पन्न सम्पन्न भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आयोजित समारोहमा कार्य व्यस्तताका कारण भौतिक रूपमा उपस्थित नभइ लिखित शुभकामना प्रेषित गर्नुभएकाे छ । प्रधानमन्त्री देउवाले देशमा रहेकाे हरेक समस्या समाधान गर्न धरातलीय यथार्थ र प्रमाणमा आधारित तथा दूरगामी सोच सहितका सार्वजनिक नीति तर्जुमा कार्यान्वयन हुन आवश्यक रहेको बताउनु भएको छ । उनका अनुसार यस्ता नीतिले मात्र नेपालको संविधानले निर्दिष्ट गरे अनुरूप जनताका आवश्यकताको परिपूर्तिका साथै सुशासनको अभिवृद्धि गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान दिन सकिने बताउनुभयाे। मुलुकमा लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको संरक्षण गर्दै जनअपेक्षा सम्बोधन गर्न व्यावहारिक विश्वसनीय, गुणस्तरीय र कार्यान्वयनयोग्य नीतिको आवश्यकता पर्दछ जसकाे लागि गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ । यही आवश्यकतालाई महसुस गरेर नै नेपाल सरकारले स्वायत्त प्रकृतिको नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको हो पनि बताउनु भएको छ ।

साथै आगामी दिनहरुमा प्रतिष्ठानले अनुसन्धानमा आधारित नीति तर्जुमामा अग्रणी भूमिका निर्वाह गराेस भन्ने प्रगतिको शुभकामना र यसमा नेपाल सरकारले भविष्यमा प्रतिष्ठानको क्षमता विकास र सुदृढीकरणका लागि थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.