असाेज ६ बिहिबार, काठमाण्डाै । उच्च अदालत पाटनले काठमाण्डाै महानगरपालिकालाई हात्तिसार क्षेत्रका घरजग्गामा क्षति नपुराउन आदेश दिएको छ । शारदा मानन्धर समेत २१ जना घरधनीले उच्च अदालत पाटनमा रिट हालेकाे थियाे । उच्च अदालत पाटनका न्यायाधीश किरण पोखरेलको इजलासले हात्तिसार क्षेत्रका घरजग्गामा क्षति नपुराउन अल्पकालिन आदेश दिएको हो। अदालतका स्राेतका अनुसार नक्सा पास गरि बनेका घर र कानुन बमाेजिम बकाइदा जग्गा पास रहेकाे घर जग्गामा क्षति पुग्नेगरि कुनै कार्य नगर्नू/नगराउनू भनी महानगरका नाउँमा अल्पकालिन अन्तरिम आदेस जारी गरिएकाे छ । यसमा दुबै पक्षकाे राय बुझ्नुपर्ने हुनाले दोहोरो छलफलको लागि असोज २६ गते पेशी तोकीएकाे छ । मुद्दा सँग सम्बन्धीत कागजात फाइल सँगै प्रस्तुत गर्न समेत आदेश गरेकाे छ ।
Leave a comment