”संविधान कानूनी राज्यको आत्मा हो”- प्रधानमन्त्री देउवा

असाेज ३ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री देउवाले संविधान दिवसको अवसरमा सैनिक मन्च टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई संविधान दिवसकाे सुभकामना व्यक्त गर्दै संविधान कानूनी राज्यको आत्मा हो भनि यसकाे महत्व बारे बताउनु भयाे । उक्त समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुनसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियाे ।

प्रधानमन्त्री देउवाका अनुसार ‘‘संविधान देशको मूल कानून हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, नागरिकहरूलाई राज्यका तर्फबाट सबै किसिमका मौलिकहकहरू सुनिश्चित गर्ने, नागरिकको राष्ट्रप्रतिको कर्तव्यलाई निर्देशित गर्ने तथा देश र जनताको समुन्नतिको आकाङ्छालाई प्रतिबिम्बित गर्ने महत्त्वपूर्ण दस्ताबेज हो । यसको भावना र मर्मलाई व्यवहारमा उतार्न हामी सबै प्रतिबद्ध हुन आवश्यक रहेकाेछ ।’’ अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रूपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तरमा सुधार भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वोपरि ठानी विकास र समुन्नतिको महायज्ञमा जुट्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्र लगायत सबैमा आह्वान गर्नुभएकाे थियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.