टुकुचा उत्खनन् कार्य यथावतै

असाेज ३ साेमबार, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले टुकुचा खोला उत्खनन् कार्य यथावतै जारी राखेको छ। आज हात्तीसार-कमलपोखरी क्षेत्रमा महानगरपालिकाले उत्खनन् कार्य जारी राखेको छ। उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले दिएकाे जानकारी अनुसार हिजाे आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गा माथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको बताए।

तर महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार महानगरमा टुकुचा अतिक्रमणमा परेको निवेदन परेपछि उत्खनन् कार्य अघि बदाएकाे हाे । उनका अनुसार हाल सम्म महानगरमा अदालतको कुनै पनि लिखित आदेश आएकाे छैन । यदि आएमा कानून संवत् रुपमा कार्य अघि बढाउने बताए ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.