मेयर बालेन शाहद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरियाे

भाद्र २२ बुधबार, काठमाण्डाै । काठमाण्डाै महा नगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको रिट निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। उनले मंगलबार आफ्ना कानुनी अधिकारी मार्फत् लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए। अधिवक्ता दीपकराज जोसीले उनी विरूद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेकाे निवेदन हालकाे थियाे । सर्वोच्चले मेयर शाहलाइ ७ दिन भित्र लिखित जवाफ बुझाउन आदेश गरेकाे थियो।

मेयर शाहले मंगलबार बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द भाषा र मनसाय अदालतको अवहेलना गर्ने नरहेकाे र हुन नसक्ने उल्लेख गरेकाेछ। साथै सम्मानित अदालत प्रति पुर्ण आस्था विश्वास र अपेक्षा सदैव सम्मानित रहिरहेको कुरा व्यक्त गरिएकाेछ ।

काठमाण्डाै महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोज्दा नर्भिकले अदालतमा मुद्दा हालेकाे थियाे । अदालतले तत्काल ती संरचना नहटाउन आदेश दिएको थियो। उक्त आदेशपछि मेयर बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै स्टाटस लेखेका थिए।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.