बसन्तपुरमा य: सिं ठड्याइ इन्द्रजात्रा सुरू गरियाे

भाद्र २२ बुधबार, काठमाण्डाै । हनुमानढोकामा आज बुधबार बिहान इन्द्रजात्राको लिंगो (य:सिं) ठड्याइएको छ। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाण्डाैको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहित लिङ्गो ठड्याइ जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको छ। परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइएको छ। इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको रुखबाट लिंगो तयार गरिन्छ । इन्द्रजात्राका बेला लिंगो ठड्याइनु काे साथै मुख्य रुपमा गणेश, भैरब , कुमारी देवीलाइ रथहरुमाकाे राखि परिक्रमा गराउने चलन रहेकाेछ ।

नेवार समुदायमा मनाइने यो जात्रा आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । नेवार समुदायको हिन्दू र बौद्ध धर्मावलम्बीहरुले यो जात्रा भब्यताका साथ मनाउँछ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.