भाद्र १९ आइतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट भागेका एक जना ठगी आरोपितलाइ प्रहरीले होटल मेरियटबाट पक्राउ गरेका छन्। प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार बिहान साढे ८ बजे फ्लाइ दुबईको विमानबाट काठमाण्डाै आएका थियाे । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार राति १० बजे नक्सालस्थित मेरियट होटलबाट पक्राउ गरेको छ । आलम माथि पाइलट बनाइदिने भन्दै एक करोड ६८ लाख ठगी गरेको आरोप छ। काठमाण्डाै जिल्ला अदालतबाट उनीसहित ११ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणामा दुबईबाट अरब पार्लियामेन्टका उपसभामुख र नेशनल फेडरल काउन्सिलका सदस्य शुक्रबार बिहान काठमाण्डाै आइपुगेका थिए। आरोपित रिजवान आलम उनीहरूकाे दोभाषे बनेर आएका थिए।
Leave a comment