भाद्र १८ शनिबार, काठमाण्डाै । नेपालले शनिबार केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा १७ रनको विजय हासिल गरेको छ । योसँगै नेपालले तीन खेलको एकदिवसीय शृंखला २–० ले जितेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । नेपालले यसअघि पनि पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो ।कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितकुमारले नेपालको नेतृत्व गरेका थिए ।रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । उनले ९५ बलमा सात चौका सहित ७८ रन बनाएका थिए । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । साथै २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाए ।
Leave a comment