भाद्र १४ मंगलबार, काठमाण्डाै । ए.आई.जी.पी सहकुल बहादुर थापाले आफ्ना मातहतका प्रहरी अधिकारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखेर चाडबाड केन्द्रित सुरक्षा योजना बनाई लागू गर्न निर्देशन दिनुभएको छ । उनले आज प्रहरी प्रधान कार्यालयबाट प्रदेश प्रहरी प्रमुख, ब्युरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल रूपमा निर्देशन दिनुभएको छ । साथै हुन लागेकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुट्न पनि निर्देशन दिनुभयो ।
आज भएकाे कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुणकुमार बिसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण राणा लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेकाे थियो ।
Leave a comment