विधुत प्राधिकरणको वार्षिक नाफा बढ्याे

श्रावण २५ बुधबार, काठमाण्डाै । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा वृद्धि भएको छ । प्राधिकरणकाे आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा थियाे । प्राधिकरणकाे आर्थिक २०७८/७९ मा नाफालाई बढेर १६ अर्ब ९ करोड रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यसरी सार्वजनिक संस्थाहरूमध्ये बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

निर्देशक घिसिङका अनुसार यसपालि ‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’ । उनका अनुसार चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुनेछ । आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ। विद्युत प्रयोग गर्ने ग्राहकको संख्या सामुदायिक सहित ५३ लाख पुगेको छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.