उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई : केपी शर्मा ओली

श्रावण २५ बुधबार, काठमाण्डाै । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्राे देश उपचार अस्पतालको हव बनाउनुपर्ने बताएका छन् । उनले बुधबार काठमाडौँमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ। यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ। कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ। यस क्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्दछ। जसले यसको उत्पादन लागत घटाउँछ। अन्नवालीको पनि नश्ल सुधार गराैं। उत्पादन र उत्पादकत्व बढाऔं। र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं ।’ यसरी उनले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने साथै नेपालमा यसका लागि कृषि बजारको अभाव नरहेको बताए ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.