श्रावण २४ मंगलबार, काठमाण्डाै । निकोन एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले कालोसूचीमा राखेको छ। एयरलाइन्सले करिब पाँच करोड रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले कालो सूचीमा राखेको हो। प्राधिकरणका अनुसार २०४८ सालबाट निकोन एयरलाइन्सले आन्तरिक उडान सेवा थालेको थियो। निकोनले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ छ। २०६० सालबाट यो एयरलाइन्स सञ्चालनमा छैन। एयरलाइन्सले सेवा बन्द गरेदेखि नै सञ्चालकहरू सम्पर्कमा आएका थिएनन् । निकोन एयरलाइन्सको पछिल्लो अवस्थाको अद्यावधिक विवरण कतै पनि नपाइएपछि यस कम्पनी सम्बन्धी कुनै पनि विवरण भए उपलब्ध गराइदिन प्राधिकरणले राष्ट्र बैंक र मालपोतमा पत्राचार समेत गरेको थियो।
साथै आगामी दिनमा कम्पनी र यसका सञ्चालकहरूलाई हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धीत कुनै किसिमका काम कारवाही तथा व्यापार व्यवसायमा नै प्रवेश हुन नपाउने गरी कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ।
Leave a comment