श्रावण २४ मंगलबार,काठमाण्डाै । संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले आशंका व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनका अनुसार राष्ट्रपतिले नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउन सक्ने छ । यति दिन भइसक्दा पनि उहाँले प्रमाणीकरण नगर्नुको अर्थ फिर्ता पठाउन लाग्नुभएको देखिन्छ । तर राष्ट्रपतिले फिर्ता पठाए पनि सभामुख, प्रधानमन्त्री, गृहमन्त्रीले छिट्टै संशोधन गरेर फेरि राष्ट्रपति कहाँ पुर्याउँनेछ। त्यसो भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ । उपराष्ट्रपतिले नागरिकताविहीन संघर्ष समितिका टोलीसँगको भेटमा उक्त विधेयक फिर्ता गर्न सक्ने आशंका व्यक्त गरेका हुन्।
संसदको दुबै सदनबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक गत साउन १५ गतेनै सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। तर एक साता बिती सक्दा पनि राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएकाे छैन । उक्त नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कानुन बन्नेछ।
Leave a comment