श्रावण २२ आईतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्याम भाइ पटेललाई पक्राउ गरिएकाेछ । भारतीय नागरिक पटेल शनिबार फ्लाई दुबईको जहाजबाट अवैध रूपमा विदेशी मुद्राकाे लिइ दुबई जान लागेका थिए। उनीसँग तीन हजार छ सय एक अमेरिकी डलर, दुई हजार एक सय तिस पाउन्ड स्टर्लिङ, तीन हजार चार सय युरो, चार हजार चार सय पैसठी दिराम र चार हजार छ सय पचास केन्या स्टर्लिङ फेला परेको थियो। प्रहरीले उनीहरूलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाएको छ।
Leave a comment