श्रावण २१ शनिबार, काठमाण्डाै । यातायात व्यवस्था कार्यालय उदयपुरले यस आर्थिक वर्ष २०७८/७९ मा सवारी साधनकर वापत बदी राजश्व संकलन गरेकाे जानकारी दिएकाे छ । कार्यालय प्रमुख श्यामबहादुर लिम्बुका अनुसार कार्यालयले यस आर्थिक वर्ष २०७८/७९ को असारसम्म साढे १० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । यातायातक्षेत्र, अन्य प्रशासनिक सेवा, व्यवसाय रजिस्ट्रेशन, चालक अनुमतिपत्र, सवारी दर्ता, प्रशासनिक दण्ड, जरिवाना र जफत तथा सवारी साधन करलगायत शीर्षकमा १० करोड ६१ लाख ५३ हजार २ सय ६० रुपैंया राजश्व संकलन गरेको हो ।
कार्यालय प्रमुख लिम्बुका अनुसार सबभन्दा बढी राजश्व सवारी साधन करवापत संकलन भएको छ। दोस्रो ठूलो राजश्व यातायातक्षेत्र शीर्षकमा संकलन भएकाेछ । त्यसतै अन्यमा प्रशासनिक सेवा शूल्क, परीक्षा शूल्क र प्रशासनिक दण्ड, जरिवाना र जफत गर्दा उठेको बताए। उदयपुर यातायात कार्यालयमा आर्थिकवर्ष ०७८/७९ मा बिभिन्न साधनहरु जम्मा ८ हजार ५ सय ५८ वटा दर्ता गरेको अभिलेख छ । जसमा सबभन्दा बढी मोटरर्साइलकल ६ हजार ६ सय ९७ दर्ता रहेका छन्। स्कुलट १ हजार १ सय ३८ वटा दर्ता रहेका छन् । पेट्रोल टेम्पो ४ सय ५३, इरिक्सा ७१, टिपर ४४, ट्रक ४०, जीप ३३, बस २७, ट्याक्टर १५, पिकअप १४, कार ९, भने एम्बुलेन्स ४–४ वटा दर्ता भएको यातायातमा मिनी ट्रक, ट्यांकर र कन्टेनर २-२ वटा दर्ता रहेका छन्। स्काभेटर भने एउटा मात्र दर्ता रहेको अभिलेख कार्यालयमा रहेको प्रमुख लिम्बुले बताए। कार्यालयको आम्दानी हुने स्रोतहरु सवारी दर्ता, ठाउँ सारी, हेरफेर, पुनः दर्ता, लगत कट्टा, नविकरण, दर्ता प्रमाणपत्र स्थगित, रुट इजाजत जारी, रुट नविकरण, रुट लगत कट्टा र रुट स्थगित, सवारी जाँचपास, प्रतिलिपि जारी, सवारी अनुमतिपत्र जारी, रुट इजाजत र पञ्जीकरणवापत राजश्व लिने गरेको छ।
Leave a comment