‘सरकारी जमिन हडप्न नदिने’ मन्त्रि यादब

श्रावण २१ शनिबार, काठमाण्डाै । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि हडप्न नदिने बताएका छन् । आज सशस्त्र वनरक्षक ब्यारेक भवनको उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताएका हुन् । उनले भने, हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन र वन माफियालाई कानुनी दायरामा ल्याउनेछु । साथै सुकुम्बासीको नाममा भएकाे जग्गा अतिक्रमण निर्मुल गरि सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्र जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । यस्तै वनरक्षाकाे लागि जनशक्ति कम भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग समन्वय गरेर कार्य गर्ने, उनले अहिलेसम्म वनको संरक्षणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलेको भूमिकाको सराहना समेत गरे । त्यसैगरी, वन अतिक्रमण र तस्करीलाई उन्मूलन गर्न सबै तह तथा क्षेत्रबाट आवश्यक सहयोग मिल्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.