श्रावण १९ बिहिबार,काठमाण्डाै । भारतबाट राजस्व राजस्व छली कच्चा सुर्ती ल्याइ भण्डारण गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न व्यक्तिहरु पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बर्ष ५६ काे पोष्टराज गौतम, बर्ष ५३काे सुरेश पोख्रेल, बर्ष ४४ काे दिनेश चौधरी र बर्ष ३८काे अरबिन्द अग्रवाल रहेका छन् । राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुईवटा गोदाम र अफिस तलासी गर्दा राजस्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २०० केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो ।
Leave a comment