श्रावण १९ बिहिबार, काठमाण्डाै। कोसी प्रभावित क्षेत्रमा बादी पीडितको उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य गरिरहेकाे छ । काेसी प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएकोछ । जसले उद्धार तथा राहत कार्य गर्न सहज भएकाे छ। बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका १, २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोशीको तटबन्ध फुट्दा नदी गाउँतिर सोझिएको थियो।
प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीका अनुसार यो क्षेत्रमा करिब २५०० परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन्। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्। सुनसरीको श्रीलंका टापूमा फसेका ५०० परिवारका सदस्य भने अहिलेसम्म गाउँमै छन्। उनीहरू अग्लो ठाउँमा भएकाले आफूहरू सुरक्षित रहेको बताइरहेका छन्। स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरूलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेकोछ । कतिपय घरपरिवार उच्च जोखिम भएपनि सुरक्षित स्थान सर्न मानेका छैनन् । उनीहरूलाई सम्झाई बुझाई सार्न जनप्रतिनधि र सुरक्षाकर्मीले लागी परेको छ ।
Leave a comment