श्रावण १९ बिहिबार,काठमाण्डाै । काठमाडौंमा एक चिनियाँ नागरिक सहित एक नेपाली नागरिकलाई अपहरण गरिएकाे थियाे । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अपहरण गर्ने कसुरमा दुई जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा आरूघाट गापा–७ घर भई काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरूङ, धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरूङ र सर्लाही लालबन्दी नपा–११ घर भई मित्रनगरस्थित सिन्धुली गेष्ट हाउसमा बस्ने २१ वर्षीय रोहित मगर ,प्युठान नपा–८ बागदुला घर भई मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोट शिवपुरी गापा–६ घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका–१० घर भई बालाजु बस्ने २८ वर्षीय शिव सुनार रहेका छन्। जसमा कर्ण बहादुर र शिव पेशाले हवलदार हुन ।
केही व्यक्तिहरूले २६ वर्षीय सूर्यबहादुर राईलाई लाजिम्पाटको खरेल टोलस्थित रहेको एउटा घरमा लगेका थिए, केहि काम छ र आफुहरु प्रहरी हाै भनेका थिए। उनी दोभासे हुन्। त्यस्तै चिनियाँ नागरिक याङ याङ नाम गरेका व्यक्तिलाइ पनि काम छ भनि बाेलाएका थिए। करिब एक घन्टापछि चिनियाँ नागरिकलाई सुरक्षित लग्ने भए एक करोड रुपैयाँ लिएर आउनू भनेर अर्का चिनियाँसँग फिरौती मागेकाे थियाे । तत्कालै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोली, मातहत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँसमेतलाई पनि अलर्ट गरिएको थियो। प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मध्यराति पौने १२ बजे अपहरणमा परेका याङ याङ र सूर्यबहादुर राईलाई काठमाडौं–२६ स्थित नयाँ बसपार्कस्थित मित्रनगरमा रहेको न्यू स्वर्गद्वारी प्युठान होटल एन्ड लजबाट उद्धार गरिएकोछ । साथै प्रहरीले घटनामा संलग्न ६ जनालाई पनि नियन्त्रणमा लिएको हो। उनीहरूबाट प्रहरीले आठ लाख १४ हजार ९०० रुपैयाँ, एउटा हतकडी र २६ वटा मोबाइल फोन बरामद गरेको छ ।
Leave a comment