श्रावण १८ बुधबार, काठमाण्डाै । ललितपुर महानगरपालिकाकाे मेयर चिरीबाबु महर्जनले एकान्तकुनामा ‘वान वे’ को बोर्ड राखेका छन् । मेयर महर्जनका अनुसार यो क्षेत्रमा वान वे सुरू गरेदेखि दुर्घटना र सवारी जाम शून्य भएको दाबी गर्दै स्थानीयले महानगरको कामलाई पुरा साथ दिएको बताएका छन् । तर एकाएक छापामार शैलीमा नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको वान वे हटाए । यसरी प्रहरीले स्थानीय सरकारको काममा हस्तक्षेप गरि साे बाेर्ड हताए पछी मेयर महर्जनले आइजी धीरज प्रताप सिंहसँग कुरा गरी यस कार्यबाट कसलाई के हानी भएको छ ,कारण दिनुहोस् आएर बसेर छलफल गरौं, तर यसरी छापामार शैलीमा काममा बाधा नपुर्याउन भनेकाे बताएका छन् । र केही समयपछि आफै मेयर महर्जन नगरप्रहरी सहित गएर उक्त क्षेत्रमा पुनः एकतर्फी सुरू गरे ।

ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर श्रावण १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने चार पाङ्ग्रे सवारी साधनलाई वान वे गरेको थियो। ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउन २५२ मिटर क्षेत्र एकतर्फी गरिएको जानकारी दिए । त्यसतै महानगरले यसअघि झम्सिखेल, पाटनढोका, पाटन दरबार क्षेत्र वान वे बनाइसकेको छ ।
Leave a comment