प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गुह्येश्वरीको प्रशोधन केन्द्र उद्घाटन

श्रावण १५ आइतबार, काठ्माण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको गुह्येश्वरीको प्रशोधन केन्द्रकाे आइतबार उद्घाटन गर्नुभएकाे छ । पशुपति क्षेत्र भएर बग्ने बागमतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको हाे । प्रधानमन्त्री देउवाले यसले विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथकाे क्षेत्रमा स्वच्छ पानी बग्न थाले पछि धार्मिक पर्यटक बढ्ने बताए । ‘पशुपति क्षेत्रको बागमतीमा स्वच्छ पानी बगाउन एक करोड ६० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रले केही सहयोग गरेको थियो। अब नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर पानी प्रशोधन भएपछि यस क्षेत्रको बागमतीमा सङ्लो पानी बग्ने आशा गरिएको छ,’ उनले भने। गुह्येश्वरीको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा पनि केन्द्र निर्माणमा तीव्रता दिन प्रधानमन्त्री देउवाले सम्बन्धित निकायलाई निर्देशन दिए। खानेपानीमन्त्री उमाकान्त चौधरीले बागमती र यसका सहायक नदी स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरू भएको बताए। सरकारको १५औं योजनाअनुसार प्रशोधनसहितको पानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको बताए ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.