पर्वतमा बने १४ झोलुंगे पुल

श्रावण १५ आइतबार, पर्वत । पर्वतमा याे आ.व. २०७८/७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन् । पर्वत जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा पुलहरु निर्माण गरिएका हुन्। झोलुङ्गे पुलकाे निर्माणले स्थानीयवासीहरु वर्षायाममा बढेका खोला वारपार गर्न धेरै सहज हुनुका साथै दैनिक जीवननै सहज गराइदिएकाे छ। यि पुलहरु पर्वतका चार पालिकाहरुमा बनाइएका छन् । जसमा कुश्मा नगरपालिकामा तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक र पैँयू गाउँपालिकामा ६ वटा निर्माण भएका हुन्। युवा क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माका अनुसार उपभोक्ता समितिले नौ लाख ६२ हजार बराबरको श्रमदान गरेकामा उक्त क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका थिए। शर्माका अनुसार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लुएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र दुई प्रतिशत श्रमदानमा पुल निर्माण भएको बताए।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.