श्रावण १३ शुक्रबार, काठ्माण्डाै । नेपालबाट विदेश निर्यात हुने सुपारीको डीएनए परीक्षण गर्नुपर्ने भएको छ । दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र सुपारी उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको छ । नेपालमा उत्पादन नभएको सुपारीमा नेपालमा उत्पादित भनि उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले चासो बढाएको हाे । समितिले शुक्रबारको बैठकमा छलफलपछि सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन दिएको छ । समितिको बैठकमा भन्सार विभागका प्रमुख कमलप्रसाद भट्टराईले स्थानीय कृषिज्ञान र नेपाल उद्योग वाणिज्य संघले उत्पात्तिको प्रमाणसहित सिफारिस गरेपछि सामान्य प्रक्रिया पुर्याएर निर्यात गर्न दिने गरेको बताएका छन् ।
Leave a comment