श्रावण १३ शुक्रबार, काठ्माण्डाै । बलात्कार आरोपी कृष्ण गिरीको धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ताको सहभागिताप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती पशुपतिमा सिद्धबाबाले लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएकी हुन्। पशुतपतिनाथ परिसरमा सिद्धबाबालाई महायज्ञ गर्न दिन नहुने उनकाे भनाइ रहेकाे छ । सांसद तुम्बाहाङ्फेका अनुसार ‘बलात्कार आरोपीलाई गुरू मानेर हिँड्ने सरकारकाे मन्त्री र महान्यायाधिवक्ताको कामप्रति नेकपा एमालेकाे आपत्ति छ । यसले पीडितलाई निकै ठूलो मनोवैज्ञानिक असर पुर्याउँछ ।बलात्कार मुद्दाका आरोपी सिद्धबाबालाई साधारण तारिखमा छोड्ने न्यायाधीशमाथि छानबिन हुनुपर्ने पनि उनको माग रहेकाेछ।
Leave a comment