विधुतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न चारजना पक्राउ

श्रावण १२ बिहिबार, काठ्माण्डाै । काठमाडौं महानगरपालिकाे ठमेलबाट विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि सहित चारजना छन्, अरु तिन जना व्यक्तिहरुकाे जानकारी भने आउनु बाँकि नै छ ।

प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन ग्याम्बलिङ खेलाउन प्रयोग गरिएको ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ मूल्यबराबरको एनसेलको रिचार्ज कार्डसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.