श्रावण १२ बिहिबार, बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीले रिसकाे झाेकमाा आफ्नाे श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेकाे आराेपमा प्रहरीले उनलाइ पक्राउ गरेकाे छ । सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो । मृतक सावित्री आफ्नाे पति र छाेराकाे साथमा बस्दै आएकाे थियाे । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मृतक सावित्रीको शरीरकाे विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएकाे थियाे । अनुसन्धानकाे क्रममा यमबहादुरले पैसा चोरी गरेको आरोपमा श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एक हजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार यमबहादुरले आफूसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काइ र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन् । क्षेत्रीमाथि ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरिने बताएका छन् ।
Leave a comment