राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित, राष्ट्रपतिद्वारा प्रमाणीकरण गर्न बाँकी

श्रावण १२ बिहिबार, काठ्माण्डाै । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय सभामा नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव गरेका थिए । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ ।

नागरिकता विधेयक पारित भएपछि अब यि कुराहरु लागुहुने भएका छन् । १‍.जन्मसिद्धताकाे आधारमा व्यक्तिले नागरिकता पाउने छन्। २. आमाको नामबाट नागरिकता पाइने छ । तर यसरी नागरिकता पाउन नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट वंशजको नागरिकता पाउने छ। ३. गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्। ४. नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आमा वा बाबुको थर र ठेगाना रोज्न पाउने भएकाे छन्। ५. लैंगिक पहिचान व्यक्ति आफैले रोजेर राख्न पाउने गरि संशोधन गरिएकाे छ। ६. नागरिकता दिँदा अब सरकारले बावु र आमा दुबैको विवरण अभिलेखमा राख्ने भएको छ। ७. विदेशी नागरिक पुरुषसँग विवाह गरी नेपाली नागरिक महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नेपाली नागरिकता दिने व्यवस्था गरेको छ। ८. नेपालमा फेला परेकाे मातृत्व र पितृत्व ठेगान नभएका व्यक्तिले नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। ९. कुनै व्यक्तिलाई नागरिकता दिलाउन परिवारका सदस्यले कागजात र प्रमाण नदिएको अवस्थामा नागरिकता दिने अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउने व्यवस्था गरेको छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.