परीक्षा नियन्त्रक जाेशी लाई २० हजार रुपैयाँ जरिवाना

श्रावण १० मंगलबार, काठमाण्डाै । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बीस हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । रौतहट मलोहिया–५ का राजीव दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सक शास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो? यससम्बन्धी व्यवस्था कस्तो छ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गरेका थिए । तर दासले उक्त सुचना प्राप्त नगरेपछि राष्ट्रिय सुचना आयाेगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए । त्यसपछि आयोगको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनाली सहित बसेको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम परीक्षा नियन्त्रक जोशीलाई जरिवाना हुने निर्णय गरेको हो ।

राजीव दासले पुनरावेदन दर्ता गरेपछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै सुचना आयोगबाट पटक–पटक आदेश भएको थियाे र कारबाहीका बारेमा सजग गराइनुकाे साथै चेतावनी दिँदा समेत प्रमुखले सूचना नदिएको जसले गर्दा यहा संविधानले प्रदान गरेकाे नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु २० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको थियाे ।

यदि आयोगको निर्णयउपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिक जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भन्दै आदेश पनि जारी गरिएकाे थियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.