श्रावण ९ साेमबार, काठमाण्डाै । सिन्धुपाल्चाेकमा सोमबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीबाट इन्द्रावती गाउँपालिका–५ नयाँबस्ती जोड्ने झोलुंगे पुल तर्ने क्रममा दुई जना चिप्लिएर इन्द्रावती खोलामा खसेर दुई जनाको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमादेवी धिताल र उनकी बहिनी पार्वती चालिसेका ५ वर्षीय छोरा विशेष चालिसे खसेका थिए ।
दुईजना व्यक्तीहरु खोलामा खसेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरी निरीक्षक सहितको टोली खटिएको थियो । खटिएका टोलीले उनीहरू खसेको स्थान भन्दा अन्दाजी दुई किलोमिटर तल विशेष चालिसे र तीन किलोमिटर तल गोमादेवी धितालको शव फेला परेको थियाे । प्रहरीले घटनाको थप अनुसन्धानकाे लागि मुद्दा अघि बढाएको छ।
Leave a comment