नेपाली जुडो टोली स्वदेश फर्कियो

श्रावण ८ आइतबार, काठमाण्डाै । नेपाली जुडो टोली थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई स्वदेश फर्किएको छ । श्रावण १ गते देखि सुरु भएकाे प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाएकाे थियाे । त्यसपछि उनी काजाकिस्तान र ताइपेईंका खेलाडीसंग पराजित भएका थिए । त्यस्तै महिला तर्फ ४८ केजीमुनि निशा श्रेष्ठ पदक नजिक पुगेकी थिइन् । तर रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसंग चुकिन् । रिपाचेज अघि निशा उज्वेकिस्तानकी खेलाडीसंग पछि परेकी थिइन् । नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायाण श्रेष्ठकाे भनाइ अनुसार यदि याे भिडन्त जितेका भए निशाको कांस्य पदक पक्का हुने थियाे ।
त्यस्तै जुनियरको पुरुष ६० केजी मुनि मंगोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराए । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गरिन् । तर सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसंग पराजय व्यहोरे पनि रिपाचेजमा पुनः अवसर पाइन् । कांस्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसंग चुकिन् । देवकी र निशा दिदीबहिनी हुन् । नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

थाइल्यान्डबाट स्वदेश फर्किएको नेपाली जुडो टोली

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.