भाद्र १८ शुक्रबार, काठमाण्डाै । आज अफगानिस्तानकाे कतार एयरको नियमित उडानबाट १ जना र हिजो साँझ टर्किस एयरको नियमित उडानबाट २ जना गरी थप ३ जना उद्धार गरि स्वदेश फर्काइएको छ । नेपाली नागरिकहरु अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ ल्याइने क्रम जारि रहेकाे छ हालसम्म कूल ८६० जना नेपाली नागरिक उद्धार भई काठमाण्डौ आइपुगेकाे छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।
उद्धार भई काठमाण्डौ ल्याइएका नागरिकहरुलाई कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।
Leave a comment