तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जनाउपर भ्रष्टाचार गरेको आरोप

भाद्र १० शुक्रबार, काठमाण्डाै । शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी समेत ५ जना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएकाे छ । तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्रा.वि. माथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लिएर प्रायाेग गरी ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी परेकाे थियाे ।

त्यस सम्बन्धमा अनुसन्धान हुँदा शुक्लागण्डकी नगरपालिका, तनहुँबाट आ.ब. २०७४/०७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत गरि कोत्रे थप्रेक जोड्ने शहीद लालध्वज मार्ग स्तरोन्नति योजनामा उपभोक्ता समितिका पदाधिकारीहरुले गैरकानुनी लाभ लिने बदनियतले लागत इस्टिमेटमा उल्लेख नै नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेल समेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामाग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी रु.७,६६,७००।-(सात लाख छैसठ्ठी हजार सात सय रुपैयाँ) बराबरका बिलहरु फर्जी बनाई पेश गरेकाे र भुक्तानी लिइकाे प्रमाणित भएकोले आरोपितहरु विरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.