भाद्र ७ साेमबार, काठमाण्डाै । हिजाे भाद्र ६ गते सम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको छ । मिति २०७८।५।६ मा परराष्ट्र मन्त्रालका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको सातौं बैठक बसेकाे थियाे । उक्त बैठकमा अफगानिस्तानमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्ने, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल गरिएकाे थियाे ।
अफगानिस्तानबाट हालसम्म कूल ५०४ जना नेपाली नागरिक उद्धार गरि नेपाल फर्की सकेकाे र थप नेपाली नागरिकहरू फर्कने प्रकृया पनि जारी रहेको छ । त्याहाबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौ सम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको छ । कन्सुलर सेवा विभागको वेव पोर्टलमा हिजाे साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएको छ । उद्धारको लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्य सम्म पुगिसकेकाहरुकाे विवरण रुजु गरी, उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको छ । काबुलमा नागरिक उड्डयान सेवाको हवाई जहाजको आगमन अवतरण खुली सकेको अवस्था भने छैन ।
अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । यसका साथै नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिएकाेछ ।
Leave a comment