हालसम्मकै उच्च संख्यामा संक्रमित थपियाे

भाद्र ३१, काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरण अनुसार बितेको २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् जुन हालसम्मकै उच्च संख्या हाे । देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ , संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ र मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । साथै उपत्यकामा, काठमाण्डौमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  जुनकुरा बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.