१३ जेठ, काठमाण्डौ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज राति जापानको फुकुओका शहरमा पहिलो पटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौँ उडान हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । काठमाडौँ–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको , यो उडानमा २६० हाराहारी यात्रु रहेको जानकारी गराएका छन् । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।
Leave a comment