“नेपाल ट्रष्टको जग्गा भाडामा दिने निर्णयमा मराे कुनै संलग्नता छैन” सभापति शेरबहादुर देउवा

फागुन १८ , काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको बताउनु भएकाे छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर सभापति देउवाले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा सार्वजनिक गरेको श्वेतपत्रमा राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएको आरोप लगाउँदै दुःख व्यक्त गर्नुभयो । नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोरखेलले केही दिनअघि श्वेतपत्र सार्वजनिक गर्दै यति होल्डिङ्सलाई दिइएको भनिएको जग्गासम्बन्धी निर्णयमा तत्कालीन प्रधानमन्त्रीका हैसियतले देउवा जोडिएको उल्लेख छ । सभापति देउवाले सुरक्षण मुद्रण खरिद प्रक्रियामा ठूलो अनियमिताको आरोप लगाउँदै उहाँले तत्कालीन सञ्चारमन्त्रीको ‘अडियो टेप’का विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । विश्वका ५० भन्दाबढी मुलुकमा कोरानो भाइरस फैलिएको र विश्वस्वास्थ्य सङ्गठनले नेपाल उच्च जोखिमा रहेका जनाइसकेको अवस्थामा उच्च सतर्कता अपनाउन र तयारीको अवस्थाका बारेमा सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्नुभयो ।

समाजवादी पार्टीकी सरिता गिरीले सरकारले पेट्रोलियम पदार्थमा कर बढाएर मूल्यवृद्धि गर्न खोजको बताउनुभयो । पेट्रोलियम पदार्थमा कर लगाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो । पूर्वाधार करले अप्रत्यक्षरुपमा मूल्यवृद्धि हुने जिकिर गर्दै उहाँले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसक्ने भएकाले सरकारले इन्धनमा थप कर लगाएको आरोप लगाउनुभयो । “पूर्वाधार कर सरकारले फिर्ता लिनुपर्छ”, “दोहोरो करको मारमा जनतालाई पार्नुहुँदैन ।” यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर रु १० पूर्वाधार कर लिने निर्णय गरेको थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.