अधिकृत युवराज पौडेल रु. १,००,०००।– घुस लिएकाे आरोपमा पक्राउ

फाल्गुण ७, काठमाण्डाै । जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेललाई रु. १,००,०००।– (एक लाख) घुस लिएकाे आराेपमा आज बुधबार पक्राउ गरेकाे छ । पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेललाई पक्राउ गरेकाे हाे ।

अधिकृत पौडेलले सूचना, संचार तथा प्रसारणमा बिनियोजन गरेको रकम मध्येवाट प्रिमियर डिजिटल मिडिया प्रा.लि.ले मासिक १ (एक) पटक कार्यक्रम संचालन गर्ने सम्झौता गरी पहिलो किस्ताबापत रु. २,५०,०००।– (दुई लाख पचास हजार) लिई कार्यक्रम भई रहेको अवस्थामा आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियत पूर्वक सेवाग्राही सँग रकमको बार्गेनिङ गरी घुस दिन बाध्य पारी आफ्नाे सवारी चालककाे माध्यमबाट लिन लगाएकाे थियाे ।निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.