बागलुङका युवाले वैदेशिक रोजगारीलाई बिट मार्दै रु एक करोड २५ लाख लगानीमा पशुपालन शुरु गरे

माघ २८, काठमाण्डाै । बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रु एक करोड २५ लाख लगानीमा पशुपालन शुरु गरेको छ । धवलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन रु एक करोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गरीएको र आगामी दिनमा लगानी बढाएर रु चार करोडसम्म पुर्याउने र धवलागिरिमै नमूना कृषि फार्म बनाएर देखाउने उनकाे योजना बताउनुभयो ।हाल उनी रत्नेचौरमा वार्षिक रु तीन लाख बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनीजग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा लागेका हुन। जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको र हाल उनकाे व्यवस्थित रूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई रहेका छन् ।

उनले कृषिमा राम्रो सम्भावना रहेकाे उनी आफु जापान पुगेर देखी गाईफार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको भन्नुभयो । कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरु गरेको उहाँले बताउनुभयो। गत पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याउनुभएका श्रेष्ठले यहाँ रु चार करोडसम्म लगानी गर्ने योजना बनाएको जानकारी दिनुभयो । दुई सय उन्नतजातका भैँसी पाल्ने र धवलागिरिका तीन जिल्लाका सदरमुकामसम्म दूध पुर्याउने उनको योजना छ । फार्ममा अहिले दैनिक ११० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध बागलुङ बजारमा खपत हुने गरेको उहाँले बताउनु भयो ।

“बृहत् खालको कृषि फार्म सञ्चालन गर्ने र युवालाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ”, श्रेष्ठले भन्नुभयो । स्थानीयवासीको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उहाँको भनाइ छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालयलगायत स्थानीयवासीको सहयोग मिलेको उहाँले बताउनुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.