माघ २८, काठमाण्डाै ।राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा‘अम्ब्रेला स्ट्रिट’ तयार भएको छ ।भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदीको पटिहानीमा रु तीन करोड लगानीमा दुई वर्षकाे अवधीमा तयार पारीएकाे हाे। यही फागुन १ गतेबाट खाना महोत्सव सहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय रु एक करोड, महानगरपालिका रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी रु तीन करोडको लागतमा स्ट्रिट तयार गरिएको बताइएको छ ।
नेपालमा पहिलोपटक थाइल्याण्ड मोरिससको वाकिङ स्ट्रिट, अम्ब्रेला स्ट्रिट, ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारण अनुसार अम्ब्रेला स्ट्रिटको निर्माण गरिएको छ । करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठूला फाइबरका छाता रहेका छन् । दुईवटा फुडकोर्ट, एउटा आइस्क्रिम पार्लरसहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन, पार्किङ रहेका छन् । हिँडेर अम्ब्रेला स्ट्रिटभित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र सवारी साधन गुडाउन पाइने छैन । यसको नजिकै जिल्लाका सम्पूर्ण पर्यटकीय गन्तव्य हेर्न सकिने गरी एनिमेसन रुम, सार्वजनिक शौचालय, कार्यालय कक्ष, रेष्टुरेन्ट र त्यसमाथि ७० फिटको भ्यूटावर बनाउने योजना बनाइएको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भरतपुर महानगरपालिका–२२ वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।
प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्यभागमा पर्ने भएकाले यस क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । यहाँ थारु, बोटे र मगर जस्ता समुदायको सांस्कृतिक विविधता रहेको छ । ९० मिटरको लम्बाइमा छाता लहरै राखिएको छ । सो क्षेत्रबाट सहजै राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्य देख्न सकिन्छ । यहांँ पर्यटकीय स्तरका १२ वटा र साना २० भन्दा बढी होटल र रिसोर्ट सञ्चालनमा छन् । यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ । भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न अन्य विभिन्न कार्यहरु पनि भइरहेको छ ।
Leave a comment