“नेपाली जनताको भावना संविधानमा नसमेटिएको” अध्यक्ष उपेन्द्र यादव

माघ २८, काठमाण्डाै । नेपाली जनताको भावना संविधानमा नसमेटिएको भनी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा भन्नुभयाे । वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयक कार्यशालामा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिक रूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको भन्नुभयो । अध्यक्ष यादवले संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक स्वतन्त्रता लगायत उपलब्धिमूलक धारा भए पनि यसको कार्यान्वयन पक्ष जटिल रहेको धारणा व्यक्त गर्नु का साथै संसदीय प्रणालीमा संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार नरहेको भन्दै, सोही कारणले संविधानमा संसदीय गुण र सर्वोच्चता नरहेको धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का राजपाका नेता वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन समानता, राज्य सञ्चालनमा समावेशिता र समान अवसरका लागि हुनुपर्ने साथै राजपा र समाजवादी पार्टीले संविधान संशोधनका लागि ठोस रणनीति बनाउनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा अन्य विशिष्ट व्यक्ति मन्त्रीहरु थिए जसमा उनीहरुले आआफ्ना कुराहरु व्यक्त गर्नुभएकाे थियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.