माघ २३, बिहीबार, काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिट बिच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बिहान खुमलटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । पूर्वप्रधानमन्त्री दाहालले बेलायतले नेपालको विकासमा गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभएको छ।साथै उहाँले बेलायती राजदूत पोलिटको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास लिएको, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ र देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको भन्नुभयाे । उक्त भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताउनुभयो ।
Leave a comment