प्रहरी नायब निरीक्षक १५,००० घुस रकम सहित नियन्त्रणमा

पुष ६, काठमाण्डाै । जिल्ला धनुषा, ईलाका प्रहरी कार्यालय, यज्ञभूमि धारापानीमा कार्यारत प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र जिल्ला धनुषा, जनकपुरधाम उ.म.नपा.वडा.नं. ८ बस्ने विजय प्रसाद साहलाई सेवाग्राहीबाट रु‌.१५,०००।- सहित रङ्गेहात पक्राउ गरेकाे थियाे ।

सेवाग्राहीलाई सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत घुस माग गरेकाे भन्ने सुचना एवं उजुरीकाे आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिवासबाट खटिई गएकाे टाेलीले निज प्रहरी नायब निरीक्षक कालिचरण पंजियार र विजय प्रसाद साहलाई सेवाग्राहीबाट रु‌.१५,०००।- घुस रकम लिईसकेकाे अवस्थामा ट्राफिक प्रहरी कार्यालय, ढल्केवर, धनुषाकाे कार्यालय भवनकाे पुर्व कासले छाएकाे काठकाे गाेल घरबाट मिति २०७६।०९।०४ गते रङ्गेहात पक्राउ गरेकाे थियाे । हाल थप अनुसन्धान भईरहेकाे छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.