“टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ” शताब्दी पुरुष सत्यमोहन जोशी

माघ १५ काठमाण्डाैं । शताब्दी पुरुष सत्यमोहन जोशीले टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ भनी बताउनु भयाे। राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएकाे हाे ।

उक्त कार्यक्रम जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।

विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बिताएकाे पनि स्मरण गर्नुभएको छ । विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गर्नुभयो ।हाल अग्ला घरका कारण हिमाल छेकिन पुगेको साथै हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने गुनासो जोशीले गर्नु भयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताउनुभयो । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गर्नुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.