विराट सडक महोत्सव भव्यताका साथ विराटनगरमा शुरु

माघ ३ काठमाण्डाै । मन्जिना मुभिज क्रिएशनद्वारा विराटनगरमा ‘विराट सडक महोत्सव’ माघ १ गते देखी ४ गते सम्म सन्चालन गरिनेछ । विराटनगरकाे ट्राफिकचोक देखि शुरु भई महेन्द्र चोकसम्म राखिएकाे छ साथ सजाइएकाे छ ।

यसकाे मुख्य उदेश्य स्वदेशी तथा विदेशी पर्यटकहरुलाई विभिन्न प्रकारका नेपाली खानाहरुकाे स्वाद बारे जानकारी गराउने रहेकाे छ। नेवारी, थारू, मारवाडी, थकाली राजवंशी आदीको परम्परागत परिकार राखिएकाे छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्नुभयाे । उहाँले यस महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल बनाउनुको साथै स्थानीयस्तरमा उत्पादन भएको बस्तुको प्रवर्धनमा सहयोग पुर्याउने बताउनुभयो ।

महोत्सव दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने र यसमा तीन दर्जन प्रदर्शनीकक्ष रहकाे क्रिएशनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो । महोत्सव एक लाख दर्शकले प्रत्यक्षरूपमा अवलोकन गर्ने र रु एक करोडको कारोवार हुने लक्ष्य राखिएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.