श्री हाजी ऐनायतल्लाह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँसहित ३ जना उपर विगाे रु‌.४,२२,३८४।- कायम गरी आराेपपत्र दायर ।

पुष ५ काठमाण्डाै । श्री हाजी ऐनायतल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक (हालका प्र.अ.) महमुद आलम खाँ तथा पूर्व प्र.अ. तथा हालका अंग्रेजी शिक्षक श्रीकान्त दुवे समेत ३ जना उपर विगाे रु‌.४,२२,३८४।- (चार लाख बाइस हजार तिन सय चाैरासी रुपैयाँ) बराबरकाे सरकारी रकम बदिनयतसाथ हिनामिना गरी नेपाल सरकारकाे सम्पत्ति हानिनाेक्सानी गरेकाे तथ्य प्रमाणित भएकाेले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ बमाेजिमकाे कसुरमा हिनामिना हानिनाेक्सानी गरेकाे रु‌.४,२२,३८४।- विगाे कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ मा उल्लेख भए बमाेजिम साेहि ऐनकाे दफा ३ काे उपदफा(१) र दफा ३ काे उपदफा(१) खण्ड (घ) बमाेजिम सजाय हुन एवं हिनामिना हानिनाेक्सानी भएकाे विगाे रकम निजहरुबाट भ्रष्टाचार निवारण ऐन, २०५९ काे दफा १७ बमाेजिम असुल उपर हुन समेत मागदाबी लिई आज विशेष अदालत,काठमाण्डाैमा आराेप पत्र दायर गरेकाे छ।

श्री हाजी ऐनायतल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालयमा शिक्षक भर्नामा अनियमितता, विज्ञान सामाग्री खरिद , शिक्षा नियमावली विपरीत विना अभिभावक विधालय व्यवस्थापन समितिकाे अध्यक्ष भएकाे र भवन निर्माणकाे रकम हिनामिना गरेकाे भन्ने उजुरी निवेदन परेकाे थियाे । साे सम्बन्धमा अनुसन्धान हुँदा विज्ञान सामाग्री खरिदकाे लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आव ०७२।०७३ मा प्राप्त रु‌.६,५०,०००।- बाट खरिद गरेका भनिएका विज्ञान सामाग्री मध्ये रु‌.२,८२,३८४।- बराबरकाे सामाग्रीहरु विधालयमा नभेटिएकाे/नभएकाे, निकासा रकम मध्ये रु‌.५,१०,०००।- विज्ञान सामाग्री खरिदकाे लागि पेश्की तथा भुक्त्तानी भएकाे, बाँकी रु‌.१,४०,०००।- काे कसलाई कुन शीर्षकमा भुक्त्तानी गरियाे त्यसकाे अभिलेख नरहेकाे पाइएकाे थियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.